दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२ बने दिलीप राई « Khabarhub

दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२ बने दिलीप राई


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिप्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका गायक दिलीप राई ‘गाउँपालिका तारा’ बनेका छन् । गायन प्रतियोगिता ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’मा सहभागी ३९ जना प्रतिस्पर्धीलाई हराउँदै उनी ‘गाउँपालिका तारा–२’ बनेका हुन् । प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका गायक राईले नगद रु एक लाखको साथमा ट्रफी र एउटा गीत रेकर्ड गर्ने अवसर पाएका छन्। प्रतियोगिताको अन्तिम पुगेका १६ प्रतिस्पर्धीमध्ये प्रदीप राई दोस्रो र सङ्ग्राम राई तेस्रो भएका छन् ।

दोस्रो स्थान प्राप्त गर्ने प्रदीप र तेस्रो स्थान प्राप्त गर्ने सङ्ग्रामलाई क्रमशः नगद रु ६० हजार र रु ३५ हजार ट्रफी प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी पिएस्पी चाम्लिङले जानकारी दिए । गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाको खोजी, प्रस्फुटन एवं प्रोत्साहन गर्ने उद्देश्यका साथ गायन प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने योजना बनाइएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताए । गाउँपालिकाले चालु आर्थिक वर्ष विनियोजन गरिएको बजेटबाट खोटाङ कलाकार समाज काठमाडौँसँगको सहकार्यमा सो प्रतियोगिता आयोजना भएको हो ।

यस्तै, प्रतियोगितासँगै खोटाङ कलाकार समाजले आयोजना गरेको एकल नृत्य प्रतियोगितामा मनिता राई प्रथम, मेरिना मगर दोस्रो र सुनिता राई तेस्रो भए । नृत्यतर्फ १३ जनामध्ये फाइनलमा पुगेका छ जना नृत्यकारलाई उछिन्दै तीन प्रतिभा विजेता बनेका हुन् ।

नृत्यमा प्रथम, दोस्रो र तेस्रो हुने प्रतिभाले क्रमशः नगद रु दश हजार, रु सात हजार र रु पाँच हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेतालाई गाउँपालिका प्रमुख राई, उपप्रमुख अरुणा थापामगर, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाल, नेपाली कांग्रेसका नेता केशव कार्की, गायक तथा सङ्गीतकार एवं खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईलगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

गाउँपालिकाको केन्द्र याङसोलाटारमा आयोजना गरिएको ‘फाइनल अडिसन’मा चर्चित गायिका मेलिना राईले विशेष प्रस्तुतिमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा गायिका पार्वती राई, सङ्गीतकार विजय राई (तोरेम्पा हाङ), गायिका बबिना किराँतीलगायतका कलाकारको समेत पनि प्रस्तुति रहेको थियो ।

यसैबीच, ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’ कार्यक्रम समापन कार्यक्रमको अवसर पारेर गाउँपालिकाले तयार पारेको ‘गाउँपालिका गान’समेत विमोचन तथा सार्वजनिकीकरण गरिएको छ । गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाउँपालिका गान बजाएर विमोचन तथा सार्वजनिकीकरण गरेका हुन् ।

कार्यक्रममा विभिन्न विधाका स्रष्टालाई प्रशंसापत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । नेकपा (माओवादी केन्द्र)का युवा नेता गोपालचन्द्र राईले लेखेको गाउँपालिका गानको सङ्गीत रुपकुमार राईले गरेका हुन् भने, १६ गायक-गायिकाले स्वर दिनुभएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : ४१ बजे

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको