बारा २ को मतगणना साढे १२ बजे सुरु हुने « Khabarhub

बारा २ को मतगणना साढे १२ बजे सुरु हुने


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बारा – प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ को मतगणना साढे १२ बजेदेखि थालिने भएको छ ।

भर्खरै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय ११ बजे टुङ्गो लगाइए पनि सबै दलका प्रतिनिधि आइ नसकेका कारण अझै केही समय लाग्ने देखिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन् ।

बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ । मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरा जडान भएको प्रजिअ सापकोटाले बताए ।

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहे पनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १२ : ११ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको