सेयर बजारमा २.७१ अंकको वृद्धि  « Khabarhub

सेयर बजारमा २.७१ अंकको वृद्धि 


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो ।

योसँगै सूचक १८८८.३२ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ०.२३ अंकले बढेर सूचक ३५९.३७ विन्दुमा पुगेको छ।

यसअघि आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागि १८८५.६० को बिन्दुमा अडिएको थियो । सोही दिन ८२ करोड ७५ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार कूल २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर खरिद बिक्री हुँदा ७५ करोड १३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। नेप्से सुचकमा १२० कम्पनीमा वृद्धि भएको छ । ८५ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ ।   कारोबारको आधारमा कालिञ्चोक दर्शन शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ८ करोड ८१ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरी शिवम् सिमेन्टको करिब ३ करोडको कारोबार भएको हो । 

सोमबार १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा ओरालो लागेको छ  भने बाँकी सबै कम्पनीहरूमा सामान्य वृद्धि भएको छ । सबै उपसुचक कम्पनीहरूमा ओरालो लागेको छ । सोमबार पिपुल्स पावर ८.११ प्रतिशत र नबिल प्रगति फण्डको ७.९४ प्रतिशतको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : २८ बजे

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी