लक्ष्मणको फिल्म ‘सतीदेवी’ को छायांकन सुरु « Khabarhub

लक्ष्मणको फिल्म ‘सतीदेवी’ को छायांकन सुरु


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ को सोमबार भद्रकालीमा मुहूर्त गरिएको छ । मुहूर्तसँगै फिल्मको छायाँकन सोमबारबाटै सुरु भएको छ । फिल्ममा अभिनेत्री मलिका महत शीर्ष भूमिकामा हुनेछिन् ।

दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने फिल्ममा रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, इभन जोशी, विमल श्रेष्ठ, दिपा मगर, तुलसीप्रसाद श्रेष्ठ र बाल कलाकारद्वय हर्षिका ओली तथा मञ्जिला बानियाँको अभिनय रहनेछ ।

महिला प्रधान फिल्ममा दीपक शर्मा र सुभाष भुषालको संगीत, बाबु श्रेष्ठको छायांकन, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहने छ।

सुदिप कुँवर मुख्य सहायक निर्देशक रहने फिल्मका प्रोडक्सन मेनेजर सीबी भण्डारी हुन् । फिल्मका निर्माता,लेखक,गीतकार तथा निर्देशक लक्ष्मण सुवेदीले चलचित्रको छायाँकन ३० दिनमा सकाउने लक्ष्य रहेको बताए । सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ को निर्देशन गरी सकेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : २५ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी