मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र : जापानी प्रधानमन्त्री किशिदा | Khabarhub Khabarhub

मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र : जापानी प्रधानमन्त्री किशिदा


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बताएका छन् ।

प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल गरेको एक दिनपछि सोमबार सञ्चारमाध्यमसँगको कुराकानीमा संसदको तल्लो सदनलाई मध्यावधि निर्वाचनका लागि विघटन गर्नेबारे आफूले नसोचेको बताएका हुन् ।

“हामीले एकपछि अर्को गर्दै महत्वपूर्ण नीतिहरु अवलम्बन गर्नुपर्ने भएकाले म तत्कालका लागि विघटन र आम निर्वाचनको बारेमा सोचिरहेको छैन,” प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै किशिदाले भने ।

उनले अर्को महिना हिरोशिमामा हुने विकशित राष्ट्रहरूको समूह जी–७ शिखर सम्मेलनपछि चुनाव गराउने योजना बनाइरहेको हुन सक्ने अनुमान गरिएको छ ।

आइतबार भएको संसदीय उपनिर्वाचनमा किशिदा नेतृत्वको सत्तारुढ एलडीपीले पाँचमध्ये चार सिट जितेको छ भने विपक्षी ‘जापान इनोभेसन पार्टी’ ले एक सिट जितेको छ ।

एलडीपीले प्रतिनिधि सभा वा तल्लो सदनको तीन निर्वाचन क्षेत्र र माथिल्लो सदन हाउस अफ काउन्सिलरको एक निर्वाचन क्षेत्रमा विपक्षी दलका उम्मेदवारहरूलाई पराजित गरेको थियो ।

जापान इनोभेसन पार्टीले एलडीपीलाई पराजित गर्दै तल्लो सदनको आफ्नो सिट सुरक्षित गरेको छ भने प्रमुख विपक्षी कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी अफ जापानले तीन वटै निर्वाचन क्षेत्रमा हार बेहोरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ३० बजे

तिहार सुरुः नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको

विश्वकप लिग–२ : यूएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा