'दक्षिण एसियाली राष्ट्रमा पनि अन्तरव्यवस्थापिका सङ्घ बनाउन खोजेका छौँ' | Khabarhub Khabarhub

‘दक्षिण एसियाली राष्ट्रमा पनि अन्तरव्यवस्थापिका सङ्घ बनाउन खोजेका छौँ’


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले कमनवेल्थ राष्ट्रमा जस्तै दक्षिण एसियाली मुलुकका व्यवस्थापिका संसद्हरूको अन्तरव्यवस्थापिका सङ्घ बनाउने प्रयास भइरहेको बताए । उनले यस्तो सङ्घ बनाउन दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क) क्रियाशील बन्न नसक्दा कठिनाइ भइरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।  

अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद् दक्षिण पूर्वी एसियाली मुलुकहरूको अन्तरव्यवस्थापिका सङ्घ (आइकाओ) को पर्यवेक्षक सदस्य बनेको चर्चा गर्दै कमनवेल्थ राष्ट्रको अन्तरव्यवस्थापिका सभामा पनि पर्यवेक्षक सदस्य बनेर काम गर्न इच्छुक रहेको बताए । उनले यस्ता अन्तरव्यवस्थापिका सङ्घमा आबद्ध हुँदा ती देशका व्यवस्थापिका सञ्चालनसम्बन्धी अनुभव आदानप्रदान हुने तथा त्यसले सङ्घमा आबद्ध देशहरूका बीचमा आपसी सहकार्यलाई समेत बढाउने विश्वास व्यक्त गरे ।

अर्को प्रसंगमामा भौगोलिकरूपमा सानो भए पनि देश जातीय, भाषिक, सांस्कृतिक मात्रै नभई जैविक विविधता भएको देश भएको बताउँदै कमनवेल्थमा आबद्ध देशहरूका पर्यटकहरूलाई नेपाल स्वागत गर्न आतुर रहेको पनि उल्लेख गरे।

सो भेटमा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीले अन्तरव्यवस्थापिका सभाको काम अत्यन्त प्रभावकारी भएको चर्चा गर्दै आतंकवादको विरुद्ध तथा युवा सशक्तीकरण र पर्यटनको विकासका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी गराएका थिए ।

अध्यक्ष तिमिल्सिनासँग आजै सेन्ट पिटर्सबर्ग सिटीको व्यवस्थापकीय सभाका अध्यक्ष अलेक्जेन्डर ब्लेस्कीले पनि शिष्टाचार भेट गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ५ : ५५ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको