विपद् जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन  « Khabarhub

विपद् जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन 


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंमा गृह मन्त्रालयले आयोजना गरेको विपद् जोखिम व्यवस्थापन नीतिगत व्यवस्थादेखि अभ्याससम्म विषयक राष्ट्रिय कार्यशालामा श्रेष्ठले संविधानले विपद् व्यवस्थापनलाई सबै तहको साझा जिम्मेवारीमा राखेको भन्दै विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

उनले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रित नगरी  दीर्घकालीन व्यवस्थापनमा जोड दिन सुझाब दिए । श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । पुननिर्माणपुनस्थापनामा प्राधिकरणसँगै शहरी विकास मन्त्रालय, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय , कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले जिम्मेवार भई समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा विज्ञहरूले प्राकृतिक जोखिमका हिसाबले नेपाल उच्च जोखिममा रहेकाले पूर्व तयारीका लागि सबै सरोकारवालाहरूले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : २४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी