निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन « Khabarhub

निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण पेस गर्ने निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्तिमा जारी गरी पाँच हजार पाँच सय ६१ जना उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका अथवा वडा कार्यालयको सूचना पाटीमा सार्वजनिक गर्न सकिनसमेत आयोगको उक्त विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलका तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) र सामाजिक सञ्जाल (फेसबुक, टिवटर, इन्स्टाग्राम)बाट पनि सार्वजनिक गर्न सक्ने आयोगले निर्णय गरेको छ । यसरी सार्वजनिक गरेको प्रमाणसहितको जानकारी सम्बन्धित उम्मेदवारहरुले आ–आफ्नो प्रदेश÷जिल्ला निर्वाचन कार्यालयलाई दिनुपर्ने निर्णय भएको आयोगद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस सम्बन्धमा आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने दुई हजार तीन सय ७३ जना उम्मेदवार र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दिई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने तीन हजार एक सय ८८ जना उम्मेदवारहरु सात दिनको म्याद दिई खर्च विवरण सार्वजनिक गर्न यही वैशाख ६ गते निर्देशन दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : २० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी