न्यूनचापीय प्रणालीको प्रभावले अधिकांश स्थानमा वर्षा « Khabarhub

न्यूनचापीय प्रणालीको प्रभावले अधिकांश स्थानमा वर्षा


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भारतको मध्यप्रदेशमा रहेको न्यूनचापीय प्रणालीले गर्दा नेपालमा वर्षा गराएको हो । भोलिदेखि न्यूनचापीय प्रणाली कमजोर भएर मौसममा क्रमिक सुधार आउनेछ । “नेपालको पश्चिम क्षेत्रनजिक भारतको मध्यप्रदेशमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले वर्षा गराएको हो, दिउँसोभन्दा कमजोर अवस्थामा पुगेकाले भोलिदेखि केही सुधार हुन्छ”, मौसमविद् अधिकारीले भने।

पश्चिमी वायुको प्रभाव रहिरहने हुनाले आगामी दिनमा विशेषगरी देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उनले उल्लेख गरे । आज दिउँसो काठमाडौँमा हल्का वर्षा भएको छ । काठमाडौँमा ११ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । देशका अन्य भेगमा पनि हल्का वर्षा भएको छ ।

महाशाखाले साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा रातिको समयमा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोलि मङ्गलबार पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरुमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : २६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी