ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग « Khabarhub

ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग गरिएको छ । काठमाडौँ महानगरपालिका–२६ ले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा आव २०८०/८१ को वार्षिक योजना तर्जुमा कार्यक्रममा महानगरपालिकाको २६ नम्बर वडामा पर्ने ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग गरिएको हो ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले अन्तर्राष्ट्रिय जगतमा चीरपरिचित ठमेललाई विशेष पर्यटकीय नगरी घोषणा गर्नुपर्ने बताए । “नेपाल घुम्न आएकामध्ये ८० प्रतिशत विदेशी पर्यटक ठमेल आउने गरेका छन्, यसलाई विशेष पर्यटकीय नगरी घोषणा गर्नसके काठमाडौँ महानगरपालिका र ठमेलको सान अन्तर्राष्ट्रियस्तरमा बढ्न सक्थ्यो”, उनले भने ।

अध्यक्ष शर्माले ठमेल क्षेत्रमा करिब १० हजार व्यवसाय सञ्चालन रहेको र ५० हजार व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएको बताए । उनले ठमेल क्षेत्रका भित्रि गल्लीहरु कालोपत्रे गर्नुपर्ने, सडक बत्ती तथा सिसी क्यामरा जडान गर्न वडा लाग्नुपर्ने बताए। सार्वजनिक कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्ले पर्यटन सूचना केन्द्र स्थापना हुनुपर्ने, ठमेल प्रवेशद्वार चाँडो सञ्चालन गर्नुपर्ने, ठमेलभित्र सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, ठमेल भित्रका सम्पदालाई रङरोगन गर्नुपर्ने माग गरेको छ ।

कार्यक्रममा नयाँ बसपार्कस्थित मित्रनगर विकास तथा टोल सुधार समितिका अध्यक्ष दीपक सिम्खडाले मित्रनगरभित्रका बाटो चाँडो कालोपत्रे गर्न माग गरे । वीरेन्द्र ऐश्वर्य मार्ग समितिका अध्यक्ष उमाशङ्कर दवाडीले पानी जम्ने बाटो चाँडो कालोपत्रे गर्न माग गरे । गोगबु आवास क्षेत्रका महासचिव तिलबहादुर अधिकारीले गोगबु आवास क्षेत्र प्रवेशद्धार चाँडो निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रमका अधिकांश वडावासीले वडाभित्रका सडक चाँडो कालोपत्रे गर्नुपर्ने, फोहर व्यवस्थापन समयमा हुनुपर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण हुनुपर्ने, वडावासीलाई प्रदान गरिने औषधि समयमा पाउनुपर्नेलगायत माग राखेका थिए ।

वडाध्यक्ष ख्यामराज तिवारीले मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र बिजुलीको तार अण्डरग्राउण्ड गर्दा वडाभित्रका ८० प्रतिशत बाटो बिग्रिएको भन्दै उक्त समस्या चाँडो समाधान हुने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आगामी वर्षसम्म वडाभित्रका सबै बाटो कालोपत्रे हुने, सडकबत्ती, सिसी क्यामरा र सुरक्षा साइरन राख्नेलगायतका कामलाई वडाले सञ्चालन गर्ने जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–२६ का वडा सचिव केदार रिमालले चालू आवमा आफ्नो वडाले विकास निर्माणमा ६१ प्रतिशत प्रगति हासिल गरेको बताए । उनले आगामी वर्ष वडाले कौशीखेती, पर्यटनलगायतलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने बताए ।

काठमाडौँ महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले आगामी वर्षदेखि २६ वडा धुलोमुक्त र हिलोमुक्त हुने बताए।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ४१ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि