मोहम्मद शाहबुद्दीन बंगलादेशको २२ औं राष्ट्रपति निर्वाचित « Khabarhub

मोहम्मद शाहबुद्दीन बंगलादेशको २२ औं राष्ट्रपति निर्वाचित


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोहम्मद शाहबुद्दीन बंगलादेशको २२ औं राष्ट्रपति निर्वाचित भएका छन् । उनले प्रधानमन्त्री शेख हसिना, राजनीतिज्ञ, न्यायाधीश र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा आयोजित एक समारोहबीच सोमबार राष्ट्रपतिको सपथ लिएका हुन् ।

समारोहमा सभामुख शिरीन शर्मिन चौधरीले शाहबुद्दीनलाई सपथ गराएकी हुन् । उनी गत फेब्रुअरीमा सत्तारुढ दलका तर्फबाट निर्विरोध निर्वाचित भएका थिए ।

उत्तरपश्चिमी बंगलादेशको पबना जिल्लामा १९४९ मा जन्मेका मोहम्मद शाहबुद्दीनले आफ्नो सुरुवाती जीवनकालमा जिल्ला न्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । पछि उनी भ्रष्टाचार निवारण आयोगको आयुक्तको रूपमा नियुक्त भएका थिए ।

त्यसपछि राजनीतिमा लागेका उनले अवामी लिग पार्टीको सल्लाहकार परिषद्को सदस्यको रुपमा काम गरेका थिए । यद्यपि राष्ट्रपतिको पद सम्हाल्नका लागि उनले आफ्नो पार्टीको पदबाट राजीनामा दिनुपरेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : २७ बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी