काठमाडौँ महानगरको निर्देशन- जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण सक्नू « Khabarhub

काठमाडौँ महानगरको निर्देशन- जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण सक्नू


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०८० का लागि यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न भनेको छ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी जेठ १६ गतेभित्र विभाग र इमेलमार्फत अनिवार्यरूपले विवरण पठाउन भनेको हो।

‘महानगरपालिकाको शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण गर्ने’, सूचनामा भनिएको छ, ‘महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ बमोजिमको छात्रवृत्तिको सोही नियममा उल्लेख भएका प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गरी नियमावलीको नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नाम विद्यालयको वेबसाइटमा प्रकाशन गर्ने।’

वडाध्यक्ष र जनप्रतिनिधिलाई यसको अनुगमन गर्न पनि विभागले निर्देशन जारी गरेको छ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ८ : ५१ बजे

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी,

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि