गणतन्त्र दिवस मनाउन कोशीका मुख्यमन्त्री कार्कीको निर्देशन « Khabarhub

गणतन्त्र दिवस मनाउन कोशीका मुख्यमन्त्री कार्कीको निर्देशन


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो।

जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारलाई सम्मान गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए।

गणतन्त्र दिवसका अवसरमा वन, पर्यटन तथा वातावरण मन्त्रालयले विभिन्न स्थानमा वृक्षरोपण गरिनेछ। प्रदेश सरकारले दिवसका अवसरमा तीन दिन सर्वसाधारण नागरिकदेखि सरकारी कार्यालयमा दीपावली गर्न आग्रह गरेको छ। मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसका अवसरमा एक सय ३७ वटै स्थानीय तहमा कार्यक्रम गर्नका लागि प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ९ : ३२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार