शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको मागसहित शान्ति समाजको धर्ना « Khabarhub

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको मागसहित शान्ति समाजको धर्ना


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा ४६ वटा धर्ना गरेको छ । यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई लेखिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत धर्ना दिइएका जिल्लाबाटै बुझाइएको कार्यवाहक सभापति कृष्णबहादुर रावलले जानकारी दिए । 

तीन बुँदे ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तको सुक्ष्म अध्ययन-अनुसन्धान गरी दोषी प्रमुख दलका शीर्ष नेतासहित जो कोही भए पनि कानुनसम्मत कारबाही गर्न ज्ञापनपत्रमा आग्रह गरिएको उनले बताए ।

सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न तीनै तहको सरकारलाई आग्रह गर्दै विभिन्न कार्यक्रम आयोजना गरी उक्त समाजले १६औँ गणतन्त्र दिवस मनाउने भएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान पुर्‍याएको उक्त समाजले प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउँदै आएको छ ।

उक्त समाजले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी आफ्नो २८ औँ स्थापना दिवस पनि मनाउने भएको छ । विसं २०५३ जेठ १९ गते दिगो शान्ति एवं मानव अधिकारका क्षेत्रमा काम गर्ने मुख्य उद्देश्य लिएर शान्ति समाज स्थापना गरिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  १ : ०१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५