काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो « Khabarhub

काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री डा विरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्रालय ठूलो सम्भावना भएको मन्त्रालय रहेकाले यस अन्तर्गतका स्रोतसाधनको परिचालन गरी मुलुकको आर्थिक समृद्धि र रोजगारीमा योगदान दिन सकिने बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्दै उनले अहिले जंगलमा कुहिएर रहेका काठको उपयोग गरी विदेशी काठ आयात रोक्न र निर्यातको समेत सम्भावना रहेको उल्लेख गरे । 

उनले भने, ‘यसमा देखिएका कानुनी जटिलतालाई सहजीकरण गर्न मन्त्रालय तयार छ, जडीबुटीको पनि मुलुकमा ठूलो सम्भावना छ । त्यसको परिचालन र उपयोग गरी रोजगारी र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, त्यसतर्फ काम गर्नुपर्छ ।’

नेपालको जलविद्युत् परियोजनाको क्षेत्रमा देखिएका वातावरणीय जटिलतालाई सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री महतोले वातावरणीय भविष्यलाई पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । उनलाई मन्त्रालयमा सचिव डा रेवतीरमण पौडेल र मन्त्रालयका कर्मचारीले स्वागत अभिवादन गर्नुभएको थियो । 

जनता समाजवादी पार्टी नेपालका तर्फबाट उहाँ मन्त्रिमण्डलमा सामेल भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  २ : ५७ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि