प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्ने  « Khabarhub

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्ने 


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनीहरूले सरकारले सबै क्षेत्रलाई समेटेर जनतामुखी कार्यक्रम ल्याएको हुँदा यसलाई प्रभावकारी कार्यान्वयन लैजानुपर्छ भने ।

छलफलमा भाग लिँदै सांसद सूर्यमान दोङले नीति तथा कार्यक्रममार्फत सरकारले जनमुखी र यथार्थपरक कार्यक्रम ल्याएको  हुँदा यसलाई राष्ट्रिय सहमतिका साथ पारित  गरेर कार्यान्वयनमा लैजानुपर्छ भने । सांसद शंकर भण्डारीले मुलुक अप्ठ्यारो अवस्थामा रहेकाले पुनः एक पटक राष्ट्रिय सहमति, सहकार्य र सद्भावका साथ अघि बढ्नुपर्ने खाँचो औँल्याए।

सांसद मंगलप्रसाद गुप्ताले कृषि उत्पादन प्रवर्द्धन र किसानलाई प्रोत्साहित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद हितबहादुर तामाङले अहिलेको नीति तथा कार्यक्रम सबैले गौरव गर्न लायक रहेको जनाउँदै समर्थन जनाए ।

सांसद ईश्वरीदेवी न्यौपाने जनताको आवश्यकतालाई प्राथमिकता दिएर देशको आर्थिक समृद्धिलाई अघि बढाउनेगरि नीति तथा कार्यक्रम आएको जनाउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

सांसद सुनिता बरालले जटिल रुपमा रहेको अर्थतन्त्रलाई सुधार गरी हालको आवश्यकतालाई ध्यान दिएर नीति तथा कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिइन्। सांसद लेखनाथ दाहालले नीति तथा कार्यक्रम सरल व्यवहारिक र वस्तुवादी रहेको जनाउँदै अहिले उठाइएको विषयलाई आगामी बजेटमा समावेश हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ४ : २६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार