युद्धविराम सम्झौताका बावजुद सुडानमा हिंसा रोकिएन « Khabarhub

युद्धविराम सम्झौताका बावजुद सुडानमा हिंसा रोकिएन


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खार्तुम- सुडानमा अमेरिका र साउदी अरबको मध्यस्थतामा भएको युद्धविराम घोषणाको दोस्रो दिन बुधबार झडपका घटना कम भए पनि युद्ध पूर्ण रूपमा रोकिएको छैन ।

युद्धविरामको घोषणाले सङ्कटमा परेका नागरिकमा राहत कोरिडोर र युद्धबाट उम्कने बाटो चाँडै खुल्ने आशा जगाएको छ । राजधानीभर छिटपुट गोलाबारी अझै पनि प्रतिध्वनित भएको छ तर एक हप्ता लामो युद्धविरामको अवलोकन गरिरहेका दुई विदेशी शक्तिहरूले सोमबार अबेर युद्धविराम लागू भएदेखि खार्तूममा लडाईं ‘कम तीव्र’ देखिएको बताएका छन् ।

युद्धरत पक्षहरूले युद्धविरामको पूर्वसन्ध्यामा सैन्य लाभ लिन खोजेको मा ‘चिन्ता’ व्यक्त गरे र ‘दुवै पक्षले सम्झौताको उल्लङ्घन गरेको सङ्केत गर्ने’ रिपोर्टहरू आएका वासिङ्टन र रियादले जनाएका छन् । त्यहाँ गत अप्रिल १५ मा युद्ध सुरु भएको हो । यसका कारण हजारौं विदेशीहरूले सुडान छोडेका छन् भने १० लाखभन्दा बढी सुडानीहरू आन्तरिक वा बाह्यरूपमा आफ्नो घर छोड्न बाध्य भएका छन् ।

सुडानका नेता सेना प्रमुख अब्देल फतह अल बुरहानले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उनका पूर्व सहयोगी मोहमद हमदान डग्लोसँग प्रतिस्पर्धा गरिरहेका छन् । अत्यधिक गर्मी, विद्युत् आपूर्ति बन्द र खाद्यान्न, औषधि र अन्य खाद्यान्नको चरम अभावबीच लाखौं मानिस लडाकु र घुमन्ते लुटेराहरूबाट लुक्न घरभित्रै थुनिएका छन् ।

सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकार विज्ञ राधुआने नुइसरले युद्धको भयवहको चित्रण गर्दै भने, “पूरै देशलाई बन्धक बनाइएको छ । मानिसहरू एक्लो र परित्यक्त महसुस गरेका भेटिन्छन् ।”

यद्यपि, उनीहरूले सुडानका जनतालाई ‘जीवन रक्षक सहायता प्रदान गर्ने’ तयारी भइरहेकोमा जोड दिए । पाँच हप्ताभन्दा बढीको लडाईको सामना गरेको सुडानी नागरिकले युद्धबाट अतालिएको बताएका छन् । युद्धका कारण एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युद्धमा हजारौँको सङ्ख्यामा घाइते भएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ५ : १७ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ