विचार गरियोस् भन्ने प्रस्ताव संसदमा बहुमतले स्वीकृत « Khabarhub

विचार गरियोस् भन्ने प्रस्ताव संसदमा बहुमतले स्वीकृत


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

त्यसअघि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । सांसदहरूको जिज्ञासामाथि मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले जवाफ दिएका थिए । सो नियमावली यही जेठ १४ गते पारित गर्ने तयारी गरिएको छ ।

सोही प्रयोजनका लागि जेठ १४ गते बिहान ११ बजेका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । प्रतिनिधिसभाले यही जेठ १ गते प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको समिति गठनका लागि प्रस्ताव पारित गरेको थियो ।

नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधिसभाबाट १६ सदस्य रहेका छन् भने यही जेठ ५ गतेको राष्ट्रियसभाले तीन सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो ।

सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन नियमावली, २०७५) लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम सुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ५ : २२ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

कृष्णभीरको पहिरो छल्न तयार पारिँदैछ वैकल्पिक सडक (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभीरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति