मन्त्री र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न माग | Khabarhub Khabarhub

मन्त्री र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न माग


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्य तथा पूर्वगृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण निकै ठूलो अपराध भएको उनले बताए । बुधबार संघीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले त्यसमा संलग्न जोकोहीलाई नियम र कानुन बमोजिम कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।

२०४७ सालयता भएका मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको पनि सम्पत्ति छानबिन गरी भ्रष्टहरूमाथि कडा कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद गौतमले सरकारले सो प्रकरणका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै सरकारलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : ०९ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १