देश विकासमा संस्कृतिकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ « Khabarhub

देश विकासमा संस्कृतिकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले देश विकासमा संस्कृतिकर्मीको अहम् भूमिका रहने बताएका छन् । नेपाल सांस्कृतिक महासङ्घको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को उद्घाटन गर्दै उनले संस्कृतिकर्मीको भूमिकालाई सम्मान गर्नुपर्ने बताए ।

नेपालको राजनीति विकृत र विसङ्गत तरिकाले अगाडि बढिरहेकाले शुद्धीकरण गर्नु जरुरी रहेको उनको भनाइ छ । “मैले हिजो कलम लिएर संविधान लेखे । आज मेरो हातमा कुचो छ । भ्रष्ट फोहर जहाँ भए पनि बाँकी राख्दिन । बढार्ने काम सुरू भइसकेको छ ।”, मन्त्री गुरुङले भने, “नातावाद, कृपावाद वा को पर्छ वा पर्दैन भन्ने, मुद्दा हाल्ने कि नहाल्ने सम्बन्धमा कुनै दुविधा छैन । यो प्रक्रियागतरुपमा अगाडि बढ्छ ।” उनले सांस्कृतिक महासङ्घलाई आफ्नो गतिविधिमार्फत आम नागरिक सुसूचित गर्न सुझाव दिए ।

“भ्रष्टाचार गर्नेको कुनै राजनीति वा जात, धर्म हुँदैन । हामी सबै काण्डको छानविन निष्पक्षरुपमा गर्छौँ । हाम्रो अगाडि आउने कुनै तगारोले हामीलाई रोक्न सक्दैन्, यस अभियानमा महासङ्घको सहयोग आवश्यक छ ।”, मन्त्री गुरुङले भने । महासङ्घका अध्यक्ष तीर्थ थापाले संस्कृतिकर्मीको आवाजलाई बेवास्ता गर्न नहुने बताए ।

“हाम्रो आवाज र उपस्थिति दुवै अगाडि पुग्न सकेका छैनन् । उचित स्थानमा हामीले सहभागिता पाउनेछौँ भन्ने विश्वास छ”, अध्यक्ष थापाले भने, “यो कार्यक्रमको उद्देश्य नै पालिकास्तरसम्मै संस्कृतिका माध्यमले जागरण ल्याउनु हो ।” कार्यक्रममा देशभरबाट संस्कृतिकर्मीको सहभागिता रहेको महामन्त्री शिवशङ्कर रिजालले जानकारी दिए ।

उनले  भेलालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, प्रमोदहरी गुरागाईं लगायतले प्रशिक्षण दिने  जानकारी दिए । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घको स्थापना १८ वर्ष अगाडि विसं २०६२ मा आजकै दिन भएको थियो । कार्यक्रमको उद्घाटनसत्रमा महासङ्घलाई आजको दिनसम्म ल्याउन योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ९ : २० बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल