विश्वकप छनोट : आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब « Khabarhub

विश्वकप छनोट : आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप छनोट-२०२३ अन्तर्गत समूह चरणको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। सुपर सिक्समा पुग्न आजको खेल जित्नैपर्ने दबाब नेपालमाथि रहेको छ।

खेल शनिबार दिउँसो पौने १ बजे जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ। समूह चरणको एउटा खेल गुमाएको नेपालमाथि सुपर सिक्स पुग्न आज नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने दबाब छ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म नेपाल र नेदरल्यान्ड्सले दुई प्रतिस्पर्धा गरेका छन्। दुई खेलमा एकएक जित निकालेका छन्।

विश्वकप छनोटको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। अमेरिका तीन खेलमा पराजित हुँदै सुपर सिक्सको दौडबाट बाहिरिएको छ।

जिम्बावे र वेस्ट इन्डिजले सुपर सिक्समा स्थान सुनिश्चित गरिसकेका छन्। समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन्।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित नेपालले सुपर सिक्सका लागि अन्तिम खेलको प्रतिक्षा गर्नु परेको हो।

नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ५ : ५५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज