विश्वकप छनोट : आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब « Khabarhub

विश्वकप छनोट : आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप छनोट-२०२३ अन्तर्गत समूह चरणको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। सुपर सिक्समा पुग्न आजको खेल जित्नैपर्ने दबाब नेपालमाथि रहेको छ।

खेल शनिबार दिउँसो पौने १ बजे जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ। समूह चरणको एउटा खेल गुमाएको नेपालमाथि सुपर सिक्स पुग्न आज नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने दबाब छ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म नेपाल र नेदरल्यान्ड्सले दुई प्रतिस्पर्धा गरेका छन्। दुई खेलमा एकएक जित निकालेका छन्।

विश्वकप छनोटको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। अमेरिका तीन खेलमा पराजित हुँदै सुपर सिक्सको दौडबाट बाहिरिएको छ।

जिम्बावे र वेस्ट इन्डिजले सुपर सिक्समा स्थान सुनिश्चित गरिसकेका छन्। समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन्।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित नेपालले सुपर सिक्सका लागि अन्तिम खेलको प्रतिक्षा गर्नु परेको हो।

नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ५ : ५५ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक