साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने  « Khabarhub

साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने 


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । 

बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा रहेको छ । त्यस्तै भारत नेपाललाई हराएर सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ ।

सेमिफाइनलको यात्रा तय गर्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

साविक विजेता भारत र उपविजेता नेपालबीचको आजको खेल रोमान्चक हुने अनुमान छ ।

आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको थियो भने भारतले पाकिस्तानलाई हराएको थियो । 

अहिलेसम्म नेपाल र भारतबीच भएका २३ प्रतिस्पर्धामा भारतले १६ र नेपालले दुई खेलमा मात्रै जित हासिल गरेका छन् । बाँकी ५ खेल बराबरीमा सकिएका थिए । 

जारी च्याम्पियनसिपमा समूह ए को भारत तीन अंकसहित शीर्षस्थानमा रहँदा नेपाल भने अंक विहीन हुँदै तेस्रो स्थानमा छ ।

च्याम्पियनसिपमा नेपाल, आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनान सहभागी छन् । 

नेपालले समूहको अन्तिम चरणको खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : २९ बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको