भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव « Khabarhub

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचना मार्फत जानकारी गराइएको छ ।

भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाइँले कुकरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई अस्पतालले आफैँ उपलब्ध गराउने भन्दा केन्द्र र प्रदेशमार्फत प्राप्त भएको डोज (मात्रा) आवश्यकताअनुसार वितरण मात्र गर्दै आएको बताए । 

उनका अनुसार बुटवलबाट प्राप्त हुने उक्त खोपको मौज्दात कम भएपछि अन्तिम पटक धनगढीबाट ल्याएर भए पनि बिरामीलाई लगाइएको छ ।

हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त खोपको मौज्दात मागअनुसार नभएको जानकारी प्राप्त भएको र अस्पतालमा मौज्दात सकिएकाले खोपको आपूर्ति सञ्चालन नहुञ्जेल निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिने अस्पतालले जनाएको छ ।

अहिले बिरामीले आफैँ उक्त खोप खरिद गरी लिई आएमा सो खोप लगाउने कार्य गरिएको छ । उक्त खोप निकै महँगो पर्ने भएकाले सबैले किनेर लगाउन नसक्ने हुँदा भेरी अस्पतालमा सुई तत्काल पठाउनुपर्ने स्थानीयको माग छ ।

भेरी अस्पताल विकास समितिका निवर्तमान सदस्य कृष्णप्रसाद श्रेष्ठले तत्काल अस्पताललाई रेबिजविरुद्धको खोप उपलब्ध गराउन पहल गर्दै खोपका अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको बताए । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : २४ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता