भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव « Khabarhub

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचना मार्फत जानकारी गराइएको छ ।

भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाइँले कुकरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई अस्पतालले आफैँ उपलब्ध गराउने भन्दा केन्द्र र प्रदेशमार्फत प्राप्त भएको डोज (मात्रा) आवश्यकताअनुसार वितरण मात्र गर्दै आएको बताए । 

उनका अनुसार बुटवलबाट प्राप्त हुने उक्त खोपको मौज्दात कम भएपछि अन्तिम पटक धनगढीबाट ल्याएर भए पनि बिरामीलाई लगाइएको छ ।

हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त खोपको मौज्दात मागअनुसार नभएको जानकारी प्राप्त भएको र अस्पतालमा मौज्दात सकिएकाले खोपको आपूर्ति सञ्चालन नहुञ्जेल निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिने अस्पतालले जनाएको छ ।

अहिले बिरामीले आफैँ उक्त खोप खरिद गरी लिई आएमा सो खोप लगाउने कार्य गरिएको छ । उक्त खोप निकै महँगो पर्ने भएकाले सबैले किनेर लगाउन नसक्ने हुँदा भेरी अस्पतालमा सुई तत्काल पठाउनुपर्ने स्थानीयको माग छ ।

भेरी अस्पताल विकास समितिका निवर्तमान सदस्य कृष्णप्रसाद श्रेष्ठले तत्काल अस्पताललाई रेबिजविरुद्धको खोप उपलब्ध गराउन पहल गर्दै खोपका अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको बताए । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : २४ बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा