बुहारीको कुटपिटबाट सासुको मृत्यु « Khabarhub

बुहारीको कुटपिटबाट सासुको मृत्यु


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनुकटामा बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी– ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बू रहेकी छिन् । 

प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भए पछि बुहारी विष्णुमायालाई पक्राउ  गरिएको हो । घरायसी बिबादमा बुहारीले सासूलाई कुटपिट गरेको अनुसन्धानमा खुलेको छ । मृतकको घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ ।

मृतकका भाइ गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए पछि बुहारी विष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । 

पक्राउ परेकी विष्णुमायालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : १२ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको