बुहारीको कुटपिटबाट सासुको मृत्यु | Khabarhub Khabarhub

बुहारीको कुटपिटबाट सासुको मृत्यु


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनुकटामा बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी–फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बू रहेकी छिन् । 

प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भए पछि बुहारी विष्णुमायालाई पक्राउ  गरिएको हो । घरायसी बिबादमा बुहारीले सासूलाई कुटपिट गरेको अनुसन्धानमा खुलेको छ । मृतकको घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ ।

मृतकका भाइ गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए पछि बुहारी विष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । 

पक्राउ परेकी विष्णुमायालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : १२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु