बढीले खानेपानी आयोजना बगाउँदा तीन कारेडको क्षति « Khabarhub

बढीले खानेपानी आयोजना बगाउँदा तीन कारेडको क्षति


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

भोजपुर– बाढीले सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा तीन करोड बराबरको क्षति भएको छ ।

खोलाभन्दा करिब सय मिटर टाढा रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीन वटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघरलगायतमा क्षति पुर्‍याउँदा तीन करोड बराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । 

आयोजना निर्माणस्थल अहिले बगरमा परिणत भएको उनको भनाइ छ । ‘बाढीले आयोजनास्थल बगाउँदा तीन करोड बराबरको क्षति पुगेको छ,’ उनले भने, ‘आयोजना रहेको ठाउँमा अहिले खोला बगेको अवस्था छ । आयोजना बगाउँदा स्थानीय पिउनेपानीबाट वञ्चित भएको अवस्था छ । यसलाई पुनः सञ्चालनमा ल्याउन कार्यालयले पहल थालेको छ ।’ 

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाउँदा राज्यलाई ठूलो क्षति पुगेको उनको भनाइ छ । आयोजनाको कार्यालयले स्थलगत अनुगमन गरेर उपयुक्त विकल्पको खोजी गर्ने काम भइरहेको प्रमुख सिंहको भनाइ छ ।

आर्थिक वर्ष २०७५–७६ बाट यो योजनाको निर्माण थालिएको हो । कूल अनुमानित ११ करोड ११ लाख आठ हजार ९२७ लागतमा निर्माण भइरहेको छ । असार २ गते राति आएको बाढीले आयोजना बगाएपछि स्थानीय पिउनेपानीबाट वञ्चित भएका छन् । तीन  सय ८६ घर परिवारलाई पानी खुवाउने लक्ष्यका साथ निर्माण भइरहेको आयोजनाबाट एक सय ५० घर परिवारले पानी खाँदै आएका थिए ।

दुई सय घरपरिवारमा धारा जडान गरेर पानी वितरणको अन्तिम तयारीमा रहेको अवस्थामा बढीले आयोजना बगाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए । 

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाएपछि स्थानीयलाई पानीको समस्या थपिएको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ११ : १६ बजे

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

काठमाडौं– नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

गण्डकी– कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी– भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी

रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धरान– तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ– अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो