केरुंगा घोललाई पर्यटकीय मार्ग बनाइने « Khabarhub

केरुंगा घोललाई पर्यटकीय मार्ग बनाइने


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुंगा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ । भरतपुर महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको हो ।

महानगरले घोलको सीमांकन र संरक्षण गर्न उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा समिति गठन गरेर काम अघि बढाएको छ । महानगर प्रमुख रेनु दाहालले  ३० दशमलव २ किलोमिटर लामो घोललाई कम्तीमा ६ मिटर फराकिलो बनाइने जानकारी बताइन्। ‘कतिपय स्थानमा चौडाइ धेरै भएकाले सीमांकनको काम सम्पन्न भएपछि वास्तविक क्षेत्रफल आउने छ’, उनले भने ।

प्रमुख दाहालका अनुसार घोल संरक्षण र व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा काम गर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजनाले १८ करोड विनियोजन गरेको छ । ‘चालु आर्थिक वर्षमा रू चार करोडको काम गोन्द्राङ्मा गरिएको छ’, उनले भनिन्, ‘घोललाई पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्नका लागि महानगरले पनि थप बजेट विनियोजन गर्छ ।’

दाहालका अनुसार घोलको भुइँ र भित्तोमा पर्खाल लगाएर व्यवस्थित गरिँदै भने  दायाँबायाँ साइकल लेन सहितको फुटपाथ बनाइँदै छ । फराकिलो भएका ठाउँमा उद्यान तथा व्यायामशाला बनाइने उनले बताइन् । 

‘बिहान–बेलुका हिँड्न र हरियालीमा रमाउन मिल्ने गरी वृक्षरोपण गरिने छ । डुंगाहरु राख्नका लागि स्थल बनाइने छ’, प्रमुख दाहालले भनिन्। उनले घोल संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउनका लागि प्रदेश र संघीय सरकारसँग थप बजेट माग गरिएको जानकारी दिइन् ।

गुरुयोजना अनुसार काम गर्न एक अर्ब ३७ करोड लाग्ने उपप्रमुख अधिकारीले बताए । उनका अनुसार घोल वडा नं  १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ नं हुँदै बगेको छ ।  सीमांकनको काम छिट्टै सम्पन्न गरिने भन्दै सम्बन्धित वडाका अध्यक्ष र सरोकारवालालाई सहयोगका लागि उपप्रमुख अधिकारीले आग्रह गरे । 

उनले घोल महानगरका लागि अत्यावश्यक र दूरगामी महत्व राख्ने आयोजना भएको उल्लेख गरे। अधिकारीले भने, ‘घोलले महानगरपालिकाको सुन्दरता बढाउँछ । यसले महानगर भित्रका डुबानको समस्या भएका क्षेत्रमा पानीको निकास पनि गर्नेछ ।’ केरुङ्गा घोल निर्माण सम्पन्न भएमा सार्वजनिक सम्पत्तिको संरक्षण हुनुका साथै यहाँ बन्ने उद्यानले पर्यटकलाई पनि आकर्षण गर्न सकिने उनको भनाइ थियो । 

उपप्रमुख अधिकारीका अनुसार हिउँदमा समेत नारायणी लिफ्टको पानी नहरमा हालेर केरुङ्गामा डुङ्गा चलाउने योजना रहेको छ । ‘बर्सातको समयमा पानी धेरै हुने र घोल साँघुरो भएकाले त्यहीँबाट बस्तीमा पानी पस्ने समस्यासमेत थियो । गुरुयोजनाअनुसार काम सम्पन्न भएमा डुबानको समस्या पनि अन्त्य हुनेछ’, उनले भने ।

भरतपुरको गणेशस्थानदेखि जगतपुरस्थित राप्ती नदीसम्म घोल निर्माण गरी हरियाली सौन्दर्यतासँगै डुंगा चलाउँदा यहाँ आन्तरिक र बाह्य पर्यटकसमेत आकर्षित हुने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १२ : ४५ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको