नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङ गर्दै « Khabarhub

नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङ गर्दै


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ ।

जिम्बावेको ताकासिंगा स्पोर्टस्  क्लबको मैदानमा जारी खेलमा टस जितेर नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

सुपर सिक्समा पुग्ने सम्भावना जीवित राख्न नेपालले नेदरल्यान्ड्ससँगको खेल जित्नै पर्ने दबाब छ । पराजित भएको खण्डमा नेपाल समूह चरणबाट बाहिरिने छ ।

नेपालले यसअघिका तीन खेलमा एकमा जित र दुईमा हार बेहोरेको छ । नेपाल आफ्नो पहिलो खेलमा जिम्बावे र तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो । 

प्रतियोगितामा नेपाल सहित १० टोली प्रतिस्पर्धामा छन् । नेपाल रहेको समूह ‘ए’ मा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन् । समूह ‘बी’ मा ओमान, स्कटल्यान्ड, श्रीलंका, आयरल्यान्ड र यूएई छन् । 

यीमध्ये फाइनलमा पुग्ने दुई टोली १३औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । आठ टोली यसअघि नै छनोट भइसकेका छन् । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १२ : ४७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको