फाइल तस्वीर

ब्रेकिङ स्टोरी

चित्त बुझ्नेगरि काम नगरे गठबन्धन फेरिन्छ : गगन थापा

By खबरहब

June 24, 2023

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरि काम नगरे गठबन्धन फेरिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन ठीक ढंगले नचले र चित्त बुझेन भने गठबन्धन फेरिने बताएका हुन् । नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनको भनाइ छ । 

सरकार छोड्नपरे पनि कांग्रेसले एक्लै चुनाव लड्न सक्नुपर्ने भन्दै महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नयाँ कुरा नभएको बताए ।

यसैबीच उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिस्टहरू एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने धारणा राखेका छन् ।