अन्नपूर्णमा धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार « Khabarhub

अन्नपूर्णमा धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको अन्नपूर्ण गाउँपालिकाले धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा पालिकाभित्रका धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गरिने उल्लेख छ ।

गाउँपालिकाले भूमे स्थान पार्क, तारे पहरो, घन्टी पोखरी, शिवालय, पञ्चासे, शीतल गुफा, मणिको डिल सिद्ध थान, थाप्ले भुमेको थान, पौँदुरकोट भुमे थान, कान्छी बराह, क्युप्चे बराह, जल बराह, मेश्रम बराह, एक सय आठ धारा पोंचेनिम बराह आदिको गुरुयोजना तयार गर्ने भएको हो । 

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन तथा उनीहरूको बसाइ अवधि लम्ब्याउन प्रचारप्रसार एवं प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कृषि तथा पर्या-पर्यटनमा जोड दिँदै गाउँपालिकाले परम्परागत मह सिकारलाई पर्यटनसँग जोड्ने नीति अवलम्बन गर्ने भएको छ ।

गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागि भिजिट अन्नपूर्ण कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए। एग्रो टुरिजमको विकास गरी अन्नपूर्ण क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नै उत्पादन खुवाउने परिपाटीको विकास र विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

तेलहन र गहुँ खेतीसँगै चिया, कफी, अलैँची र जडीबुटी खेतीलाई प्रोत्साहन गरिने उनले बताए । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १ : ४९ बजे

अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा चार जनाको मनोनयन दर्ता

कर्णाली– आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि