अन्नपूर्णमा धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार « Khabarhub

अन्नपूर्णमा धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको अन्नपूर्ण गाउँपालिकाले धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा पालिकाभित्रका धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गरिने उल्लेख छ ।

गाउँपालिकाले भूमे स्थान पार्क, तारे पहरो, घन्टी पोखरी, शिवालय, पञ्चासे, शीतल गुफा, मणिको डिल सिद्ध थान, थाप्ले भुमेको थान, पौँदुरकोट भुमे थान, कान्छी बराह, क्युप्चे बराह, जल बराह, मेश्रम बराह, एक सय आठ धारा पोंचेनिम बराह आदिको गुरुयोजना तयार गर्ने भएको हो । 

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन तथा उनीहरूको बसाइ अवधि लम्ब्याउन प्रचारप्रसार एवं प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कृषि तथा पर्या-पर्यटनमा जोड दिँदै गाउँपालिकाले परम्परागत मह सिकारलाई पर्यटनसँग जोड्ने नीति अवलम्बन गर्ने भएको छ ।

गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागि भिजिट अन्नपूर्ण कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए। एग्रो टुरिजमको विकास गरी अन्नपूर्ण क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नै उत्पादन खुवाउने परिपाटीको विकास र विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

तेलहन र गहुँ खेतीसँगै चिया, कफी, अलैँची र जडीबुटी खेतीलाई प्रोत्साहन गरिने उनले बताए । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १ : ४९ बजे

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा