गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी « Khabarhub

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।

आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन् ।

गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन् ।

तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन् । यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १० : ५८ बजे

भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ  – चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २

विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’

काठमाडौं– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

इम्युनोसप्रेसेन्ट औषधिको बिक्रीवितरणमा रोक छैन :  विभाग

काठमाडौँ – औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा

ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले ग्रिन

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत