वीरगञ्ज भन्सार कार्यालयमा प्रज्ञापनपत्रको प्रयोग घट्दो « Khabarhub

वीरगञ्ज भन्सार कार्यालयमा प्रज्ञापनपत्रको प्रयोग घट्दो


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो ।

आव २०७९-८० को साउनदेखि जेठसम्ममा वीरगञ्ज भन्सार कार्यालयले एक लाख ८१ हजार चार सय ६१ प्रज्ञापनपत्र प्रयोग गरेको तुलनामा चालु आवको सोही अवधिमा एक लाख ३८ हजार एक सय ७२ प्रज्ञापन प्रयोग भएको छ । यो समीक्षा अघिल्लो वर्षको तुलनामा ४३ हजार दुई सय ७९ कम हो ।

गत आवको तुलनामा चालु आवको ११ महिनामा रातो च्यानलबाट २३, पहेँलो च्यानलबाट २० र हरियो च्यानलबाट ३४ प्रतिशत प्रज्ञापनपत्र कम प्रयोग भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए । उनले वीरगञ्ज नाका प्रयोग गरी हुने आयात निर्यातमा कमी भएका कारण प्रज्ञापनपत्रको उपयोग घटेको र यसको नकारात्मक प्रभाव भन्सारको राजस्व संकलनमा समेत परेको बताए ।

चालु आवको साउनदेखि जेठसम्मका लागि भन्सार विभागले रु दुई खर्ब ३७ अर्ब ५८ करोड राजस्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्यभन्दा ४० प्रतिशत कम अर्थात् रु एक खर्ब ४२ अर्ब ३० करोड मात्र संकलन गरेको उनले जानकारी दिए। उनले सबैभन्दा बढी राजस्व दिने इन्धनको आयातमा २५ र वाहन आयातमा ७० प्रतिशतभन्दा बढी कमी देखिएका कारण राजस्व संकलनको लक्ष्य हासिल हुन नसकिएको बताए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  २ : १२ बजे

डा. नुतनलाई प्रश्न- सुत्केरी र शिशुको फोटो सार्वजनिक गर्न पाइन्छ ?

काठमाडौं- सुत्केरी आमा र नवजात शिशुको फोटो सार्वजनिक गरेपछि वरिष्ठ

बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए

काठमाडौं– बागमती प्रदेश कार्यसमितिका उपसभापतिसहितका नेताहरू नेपाली कांग्रेसको विधान महाधिवेशनको

प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी