अनुगमनमा गएका प्रहरीमाथि कैदीबन्दीद्वारा आक्रमणको प्रयास « Khabarhub

अनुगमनमा गएका प्रहरीमाथि कैदीबन्दीद्वारा आक्रमणको प्रयास


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला कारागार कैलालीमा अनुगमन गर्न गएका प्रहरीमाथि नै कैदीबन्दीले आक्रमणकाे प्रयास गरेका छन् ।

शुक्रबार दिउँसो कारागार अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीमाथि कैदीबन्दीहरूले आक्रमणकाे प्रयास गरेका हुन् । 

अनुगमनका क्रममा कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्त घाइते भएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । 

कैलाली कारागारमा मदिरा र लागूऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढेपछि कारागार व्यवस्था विभागको टोलीसहित जिल्ला प्रहरीको टोली अनुगमनमा गएको थियो । 

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  २ : २६ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका