पाँच दिने विपद् अभ्यास हातेमालो कार्यक्रम « Khabarhub

पाँच दिने विपद् अभ्यास हातेमालो कार्यक्रम


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली सेनाको मोरङ थलाहस्थित भैरव गणले आयोजना गरेको विपद् व्यवस्थापनसम्बन्धी पाँचदिने ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ । 

विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा एकआपसमा जानकारी आदान गर्ने उद्देश्यले हातेमालो कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लामा हुने बाढी, पहिरो, डुबान, आगलागी तथा भूकम्पका समयमा जनधनको क्षतिको न्यूनीकरण एवं राहत र उद्धारका कार्यमा विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण निकायलाई समन्वयात्मक ढंगबाट परिचालन लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिए ।

पाँचदिने अभ्यासका क्रममा सरोकारवाला निकायलाई अभ्याससम्बन्धी जानकारी दिनुका साथै सरोकारवाला निकायका काम कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा प्रस्तुतीकरण गरिएको थियो । 

विपद्को काल्पनिक परिस्थितिको परिकल्पनाका आधारमा सहभागीहरुबीच समूहगत विभाजन गरी उक्त परिस्थितिमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको सेनानी थापा मगरले बताए ।

अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, विराटनगर महानगरपालिका, कटहरी र धनपालथान गाउँपालिकाले विपद् एवं राहत तथा उद्धार सम्बन्धी प्रदर्शन गरेका थिए ।

समापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले यस प्रकारको कार्यक्रमले क्षमता विकास भई विपद्को समयमा उद्धारमा सहयोग पुग्ने बताए ।

सेनाका थलहाका गणपति प्रमुख सेनानी थापा मगरले विपद्को समयमा छिटोछरितो किसिमले उद्धार गरी जनधनको क्षति न्यूनीकरण अभ्यासले सहयोग पुग्ने विचार राखे ।

कार्यक्रममा बाढीपहिरो आएको अवस्थामा गरिने उद्धारको पूर्व अभ्यास तथा उद्धारका लागि प्रयोग गरिने सामग्रीको प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ४ : ५५ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन