पहिरो हटाएपछि कान्तिलोक पथ सडक पुन: सञ्चालन « Khabarhub

पहिरो हटाएपछि कान्तिलोक पथ सडक पुन: सञ्चालन


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ र हेटौँडा जोड्ने कान्तिलोकपथमा खसेको पहिरो हटाइ यातायात सञ्चालन गरिएको छ । ललितपुरको भट्टेडाँडास्थित प्रहरी चौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो खसेको थियो । दिउँसो पहिरो हटाइ अपराह्नबाट यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरो खसेपछि हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेका सवारी साधनलाई मकवानपुरको ठिंगनमा प्रहरीले रोकेको थियो । आज बिहानैदेखि पानी परिरहेकाले मौसममा सुधार आएपछि पहिरो हटाइएको हो ।

मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी, चित्लाङ र थानकोटतर्फको यातायात पनि सञ्चालनमा रहेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ३२ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले