बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : मन्त्री बस्नेत « Khabarhub

बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : मन्त्री बस्नेत


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै उनले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताए।

मन्त्री बस्नेतले सबै जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुनुपर्ने बताउँदै बजेट निर्माण र यसको कार्यान्वयनमा सजग हुनुपर्नेमा जोड दिए । “हामी जनताका सेवक भएकाले भ्रष्टाचारमुक्त समाज बनाउन सबै लाग्नुपर्छ, यसका लागि आफू सजग छु र अरूलाई समेत सजग हुन आग्रह गर्दछु”, उनले बताए ।

संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ र शिक्षाजस्ता क्षेत्र सबै नागरिकमा सर्वसुलभ बनाउन आफू लागिपरेको बताउँदै उनले सबै नागरिकमा आधारभूत सेवाको प्रत्याभूति हुने गरी काम गरिने बताए । मन्त्री बस्नेतले विकास निर्माण र जनसेवामा राजनीति सकारात्मक हुनुपर्ने र निर्वाचनमा पार्टी फरक भए पनि विकासमा एकै भएर काम गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्का भण्डारीले प्राकृतिक सम्पदा संरक्षण गर्दै दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय अग्रसर रहेको बताउनुभयो । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले आफ्नो नगरपालिकाले किसान बीमा, माध्यमिक शिक्षा पूर्णरूपमा निःशुल्क, एम्बुलेन्स तथा शववाहन सेवाजस्ता जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा काम गरिरहेको र नगरको बजेट यसकै वरिपरि रहने बताए । बाह्रबिसे नगरपालिकाले नगरसभामा आगामी आर्थिक वर्षका लागि रु ६० करोड २२ लाख एक सय ७९ बराबरको बजेट प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ३३ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर