रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान « Khabarhub

रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७९ सालको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार रनत रेग्मीलाई प्रदान गरिएको छ ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रदान गरिएको सो पुरस्कारको राशि ५१ हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

यस्तै, दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई दिइएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । संस्थाले दुवै विधाका पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ ।

प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बूले उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसदद्वय केदार कार्की र ऋषिकेश पोखरेल तथा उद्योगपति राजेन्द्र राउत, नेकपा समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, प्राज्ञ गङ्गा सुवेदी,  विवश पोखरेल लगायतले दधिराज सुवेदीको साहित्यिक योगदानको चर्चा गरेका थिए ।

समालोचक साहित्यकार दधिराज सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले बुबाको नाममा राखेको १५ लाख अक्षयकोषको व्याजबाट पुरस्कार प्रदान गर्ने गरिएको संस्थाका सचिव दिङ्लली कान्छोले जानकारी दिए ।

कार्यक्रम प्रतिष्ठानका सभापति विवश पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : ५९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले