‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै « Khabarhub

‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– ऐतिहासिक ‘दिनठान’ मन्दिरको संरक्षण गरिने भएको छ । चेपाङ समुदायको आस्थाको केन्द्रका रुपमा यो मन्दिर रहेको छ ।

चितवनको कालिका नगरपालिका–१० छेरबाङमा रहेको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो । गत आर्थिक वर्ष २०७९–०८० मा मन्दिर संरक्षणका लागि वडामार्फत डेढ लाख बजेट विनियोजन गरेर संरक्षणको काम थालिएको वडाध्यक्ष नरजङ्ग प्रजाले बताए ।

उनले मन्दिरको गारो लगाउने काम र काठ व्यवस्था गरिएको जानकारी दिए । बजेट अभावमा मन्दिरको छाना छाउने काम बाँकी रहेको छ ।

दिनठान मन्दिर चेपाङ समुदायले ऐतिहासिककालदेखि पूजाआजा गर्दै आएको मन्दिर हो । यहाँ विशेष गरेर पुस मसान्त र माघे सङ्क्रान्तिका दिन दुई दिन मेला लाग्छ ।

जङ्गलको बीचमा रहेको मन्दिरमा चेपाङ समुदायले बलि दिने गरेको जनाइएको छ । यहाँ दर्शन गर्नका लागि कालिका नगरपालिकासँगै इच्छाकामना गाँउपालिकाबाट पनि भक्तजन आउने गरेको मन्दिरका पुजारी शेरबहादुर चेपाङले बताए ।

उनले मन्दिरमा नियमित पूजा गर्दै आएका छन् । ‘यो एतिहासिक मन्दिर हो’, उनले भने, ‘यहाँ गाउँमा महामारी फैलँदा, विपद् पर्दा धुप लगाउने र पूजा गर्ने चलन छ ।’

यहाँ नियमित पूजा नगरे गाउँमा बाघ निस्कनेसमेत जनविश्वास रहेको छ । चेपाङ समुदायले सिमी पन्थ भयाँरीलाई देवता मान्ने गर्छन् । यो मन्दिरलाई पनि उनै देवताको रुपमा पूजाआजा गर्दै आएको शेरबहादुरले बताए ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले नगर क्षेत्रका एतिहासिक सम्पदाको संरक्षणका पालिकाले जोड दिएको जनाउँदै दिनठान मन्दिरको संरक्षणका लागि पनि काम गरिने बताए । उनले मन्दिरको संरक्षणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने र प्रचारप्रसारसमेत गरिने जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ४८ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र