‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै « Khabarhub

‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– ऐतिहासिक ‘दिनठान’ मन्दिरको संरक्षण गरिने भएको छ । चेपाङ समुदायको आस्थाको केन्द्रका रुपमा यो मन्दिर रहेको छ ।

चितवनको कालिका नगरपालिका–१० छेरबाङमा रहेको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो । गत आर्थिक वर्ष २०७९–०८० मा मन्दिर संरक्षणका लागि वडामार्फत डेढ लाख बजेट विनियोजन गरेर संरक्षणको काम थालिएको वडाध्यक्ष नरजङ्ग प्रजाले बताए ।

उनले मन्दिरको गारो लगाउने काम र काठ व्यवस्था गरिएको जानकारी दिए । बजेट अभावमा मन्दिरको छाना छाउने काम बाँकी रहेको छ ।

दिनठान मन्दिर चेपाङ समुदायले ऐतिहासिककालदेखि पूजाआजा गर्दै आएको मन्दिर हो । यहाँ विशेष गरेर पुस मसान्त र माघे सङ्क्रान्तिका दिन दुई दिन मेला लाग्छ ।

जङ्गलको बीचमा रहेको मन्दिरमा चेपाङ समुदायले बलि दिने गरेको जनाइएको छ । यहाँ दर्शन गर्नका लागि कालिका नगरपालिकासँगै इच्छाकामना गाँउपालिकाबाट पनि भक्तजन आउने गरेको मन्दिरका पुजारी शेरबहादुर चेपाङले बताए ।

उनले मन्दिरमा नियमित पूजा गर्दै आएका छन् । ‘यो एतिहासिक मन्दिर हो’, उनले भने, ‘यहाँ गाउँमा महामारी फैलँदा, विपद् पर्दा धुप लगाउने र पूजा गर्ने चलन छ ।’

यहाँ नियमित पूजा नगरे गाउँमा बाघ निस्कनेसमेत जनविश्वास रहेको छ । चेपाङ समुदायले सिमी पन्थ भयाँरीलाई देवता मान्ने गर्छन् । यो मन्दिरलाई पनि उनै देवताको रुपमा पूजाआजा गर्दै आएको शेरबहादुरले बताए ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले नगर क्षेत्रका एतिहासिक सम्पदाको संरक्षणका पालिकाले जोड दिएको जनाउँदै दिनठान मन्दिरको संरक्षणका लागि पनि काम गरिने बताए । उनले मन्दिरको संरक्षणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने र प्रचारप्रसारसमेत गरिने जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ४८ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा