राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप « Khabarhub

राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समयमा पनि सेवा दिँदै आएको छ ।

त्यस्तै जिल्लाबाट गत वर्ष दश हजार एक सय ९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जानकारी दिए । ‘दुई हजार नौ सय १४ महिला र सात हजार दुई सय ८० पुरुषले राहदानी लिएको छ ।’ उनले भने, ‘पछिल्लो समय प्रवीणता प्रमाणपत्र तह पास गरेर विदेश जाने युवायुवती राहदानी बनाउन आउने क्रम बढेको छ ।’

पछिल्लो समय खाडीलगायत तेस्रो मुलुक जाने सङ्ख्या वृद्धि भएसँगै राहदानी बढाउनेको सङ्ख्या वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९–०८० मा १२ हजार तीन सय ३६ महिला तथा पुरुषले नागरिकता लिएका छन् ।

अपरेटर बोहराले यहाँ वंशजका आधारमा १२ हजार तीन सय १५ जनाले र वैवाहिक अङ्गिकृतका आधारमा २१ जना महिलाले नयाँ नागरिक प्राप्त गरेको जानकारी दिए ।

त्यसैगरी प्रशासनबाट नौ हजार ७६ जनाले नागरिकको प्रतिलिपि लिएको देखिएको छ । उनले नयाँ नागरिकसँगै राष्ट्रिय परिचयपत्र बनाउनुका साथै राहदानीसमेत सँगै बनाउने क्रम बढेको बताए ।

यस्तै, गत वर्ष १७ हजार तीन सय २४ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । भने अघिल्लो आवका चार हजार दुई सय ८१ राष्ट्रिय परिचयपत्र समेत वितरण गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : ४२ बजे

एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

निर्वाचन आउन ८५ दिन बाँकी: केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय