चिनियाँ विदेशमन्त्री एक महिनादेखि बेपत्ता ! | Khabarhub Khabarhub

चिनियाँ विदेशमन्त्री एक महिनादेखि बेपत्ता !



सात महिना अघि, विदेश मन्त्रीको जिम्मेवारी सम्हालेका चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता एवं चिनियाँ विदेशमन्त्री छिङ गाङ एक महिनादेखि बेपत्ता छन्। अमेरिकाका लागि चिनियाँ राजदूत रहेका छिङ डिसेम्बरमा चिनियाँ विदेश मन्त्रीमा नियुक्त भएका थिए। त्यस लगत्तै विदेश मन्त्रीको रुपमा पुस अन्तिम साता उनी अफ्रिकी देशको साताव्यापी भ्रमणमा निस्किएका थिए। त्यसपछि चिनियाँ सञ्चार माध्यममा उनको कुनै चर्चा छैन। विश्व मञ्चमा चिनियाँ विदेशमन्त्री राष्ट्रपतिपछिको प्रभावशाली मानिन्छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विदेशमन्त्री छिङ नजरबन्दमा रहेको हुनसक्ने बताइरहेका छन्। अत्यन्तै व्यस्त तालिकाका बीचमा विश्वका विभिन्न मञ्चमा उपस्थित हुने चीनका विदेशमन्त्री केही समयअघि इण्डोनेसियाको जकार्तामा सम्पन्न आसियान मुलुकहरुको महत्त्वपूर्ण सम्मेलनमा देखा नपरेपछि नै उनी नजरबन्दमा रहेको हुनसक्ने विश्लेषण सुरु भएको थियो। सम्मेलनको दुई दिन अघि जुलाई ११ मा चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको केन्द्रीय कमिटीका वैदेशिक मामिला समितिका कार्यालय निर्देशक एवं निवर्तमान विदेशमन्त्री वाङ् यीले इण्डोनेसियाको जकार्तामा हुने चीन-आसियान अर्थात् टेन प्लस वानका विदेश मन्त्रीको सम्मेलनमा भाग लिने औपचारीक सूचना जारी गरेका थिए।

व्यस्त तालिकाका बीचमा विश्वका विभिन्न मञ्चमा उपस्थित हुने चीनका विदेशमन्त्री केही समयअघि इण्डोनेसियाको जकार्तामा सम्पन्न आसियान मुलुकको महत्त्वपूर्ण सम्मेलनमा देखा नपरेपछि उनी नजरबन्दमा रहेको हुनसक्ने अनुमान गरिएको छ ।

विदेशमन्त्री सहभागी हुनुपर्ने बैठकमा निवर्तमान विदेशमन्त्री किन सहभागी हुँदैछन् भन्ने प्रश्न उठेपछि विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले उनको स्वास्थ्य ठिक नभएको सामान्य जानकारी दिएका थिए। नभन्दै चीन, जापान, दक्षिण कोरियालगायत आसियान मुलुकका विदेश मन्त्रीको महत्त्वपूर्ण क्षेत्रीय मञ्चको सम्मेलनमा उनी सहभागी भएनन्।

क्षेत्रीय अर्थव्यवस्था अनुकुल बनाउने सी चिन फिङको कूटनीतिक प्रतिनिधिका रुपमा क्षेत्रीय आर्थिक एकीकरणका लागि क्षेत्रीय मुलुकसँगको सम्बन्ध विस्तारमा खरो उत्रने विदेशमन्त्री नै बेपत्ता भएपछि अहिले चिनियाँ अर्थमन्त्री लिउ कुन विश्व मञ्चमा देखिन थालेका छन्। चिनियाँ विदेश मन्त्रालयले विदेशमन्त्री गाङको निस्क्रियता तथा अनुपस्थिति बारे कुनै विवरण बाहिर ल्याएको छैन। तर विदेशमन्त्री छिङ विगत चार सातायता विश्वका कुनै पनी सभा सम्मेलनमा सहभागी नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। बेइजिङमा भएका उच्च पदस्थ अधिकारीको बैठकमासमेत उनी सहभागी नभएको अलजजीरा न्यूजले उल्लेख गरेको छ।

चिनियाँ विदेश मन्त्रीमा नियुक्त भएका हरेक नेताले पहिलो गन्तव्य अफ्रिकी देशलाई बनाउँदै आएको नजिर अनुसार विदेशमन्त्री छिङ पुस अन्तिम साता अफ्रिकी मुलुकको भ्रमणमा गएका थिए।

समाचारमा भनिएको छ, त्यसपछि, जुन २५ अर्थात् असार १० गते उनी अन्तिम पटक बेइजिङ मै रुस, भियतनाम र श्रीलंकका समकक्षीसँगको वार्तामा देखिएका थिए। रुसका मुख्य सहरमा वाङ्गर विद्रोही समूहले हमला गर्ने धावा बोलिरहेको बेला बेइजिङ पुगेका रुसी उपविदेशमन्त्री एन्ड्रे रुदेन्कोसँग बेइजिङमा भेटवार्ता भएपछि चीनका विदेशमन्त्री बेपत्ता छन्।

विदेशमन्त्री विगत चार सातायता विश्वका कुनै पनी सभा सम्मेलनमा सहभागी नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। बेइजिङमा भएका उच्च पदस्थ अधिकारीको बैठकमासमेत उनी सहभागी नभएको अलजजीरा न्यूजले उल्लेख गरेको छ।

समाचार अनुसार, युरोपियन युनियनको विदेशी नीति प्रमुख जोसेप बोरेलसँग जुलाई ४ अर्थात असार १९ गते तय भएको भेटघाट अचानक चीन सरकारले रद्द गरेपछि विदेशमन्त्री छिनलाई अन्तर्राष्ट्रिय समाचार संस्थाले पच्छ्याइरहेका छन्। यही बीचमा बेइजिङले छोटो सूचना जारी गरेर अमेरिकी अर्थमन्त्री जेनेट येलेन र जलवायुदूत जोन केरीलगायत थुप्रै उच्चस्तरीय भेटवार्ता रद्ध गरेको थियो।

सामाजिक सन्जाल तथा अन्तर्राष्ट्रिय मिडिया रिपोर्टमा थरिथरिका टिकाटिप्पणी आउन थालेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले परराष्ट्रमन्त्रीका विषयमा आइरहेका समाचार तथा अफवाहको पछि नलाग्न अपील गरेको छ। अघिल्लो पत्रकार सम्मेलनमा द्विपक्षीय सम्बन्ध र आपसी सम्बन्धका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दा आदानप्रदान गर्ने जिम्मेवारीबाट विदेश मन्त्रालयपछि नहटेको प्रष्ट पार्दै प्रवक्ता वाङले छिङको विषयमा प्रष्ट जानकारी नभएको बताएका थिए।

रुसका मुख्य सहरमा वाङ्गर विद्रोही समूहले हमला गर्ने धावा बोलिरहेको बेला बेइजिङ पुगेका रुसी उपविदेशमन्त्री एन्ड्रे रुदेन्कोसँग बेइजिङमा भेटवार्ता भएपछि चीनका विदेशमन्त्री बेपत्ता छन्।

यता अन्तर्राष्ट्रिय सन्चार माध्यमले, चिनको विदेशमन्त्रीको जिम्मेवारी राष्ट्रपति सीले झाओ सुलाई तोक्ने तयारी गरिरहेको उल्लेख गरेका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले भनेका छन्, ‘नयाँ युगमा साझा भविष्यसहितको चीन-विश्व सम्बन्ध सुनिश्चित् गर्न र विश्व तथा क्षेत्रीय शान्ति र स्थायित्वको प्रवद्र्धनका लागि चिनियाँ नेतृत्वले सही समयमा सही निर्णय लिनेछ। नियमित पत्रकार सम्मेलनमा उनले नयाँ विदेशमन्त्री नियुक्त हुनसक्ने संकेत गरेपनि हालका विदेशमन्त्रीको अवस्थाबारे प्रष्ट केही खुलाएका छैनन्। अनुभवी र प्रभावशाली चिनियाँ कूटनीतिज्ञ ठानिएका गाङ एकाएक हराउनुलाई अर्थपूर्ण मानिएको छ। उनी सन् २०२१ मा डेढ वर्षका लागि अमेरिकाका लागि चिनियाँ राजदूत बनेर फर्किएका चीनको केन्द्र सरकारको तेस्रो उच्च पदस्थ अधिकारी हुन्। जो गत डिसेम्बरमा चीनको विदेशमन्त्री बनेका थिए।

सरकार र प्रणालीको प्रतिविम्ब
अहिले विदेशमन्त्री बन्ने चर्चामा रहेका झाओ सु ५९ वर्षीय वरिष्ठ चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हुन्। नेसनल युनिभर्सिटी सिंगापुरका अल्फ्रेड वूले भनेका छन्, ‘चीनको मध्यमार्गी कूटनीतिमा गाङको भूमिका महत्त्वपूर्ण थियो। उनी एकाएक गायब हुनु बेइजिङका लागि असामान्य हो। ठोस जानकारी बिनै नयाँ विदेशमन्त्रीको खोजी हुनुलाई उनले कम्युनिस्ट पार्टी शासित सरकार र प्रणालीको प्रतिविम्ब भनेका छन्।

चीन-अमेरिका सम्बन्ध सुधारका लागि प्रतिवद्ध अधिकारी ठानिएका चिनियाँ अधिकारी अचानक गायब हुनुले अन्तर्राष्ट्रिय विश्वास प्राप्तिमा अवरोध उत्पन्न हुने वूको टिप्पणी छ। उच्च अधिकारीको व्यक्तिगत जीवन र शारीरिक स्वास्थ्य स्थितिबारे विशेष निगरानी राख्दै आएको चीन सरकारले, समयमै स्पष्ट सूचना सार्वजनिक नगर्दा थरिथरिका भ्रम फैलिएका छन्। गत वर्ष चीनका राष्ट्रपति कोभिडविरुद्धको खोप लगाएर बस्दा समयमै सूचना नदिँदा, राष्ट्रपतिलाई नै सेनाले नजरबन्दमा राखेको समाचार फैलिएको थियो। किनकी, चीनमा उच्च र क्षेत्रीय अधिकारी अचानक सार्वजनिक रूपमा गायब हुनुलाई अनौठो मानिंदैन।

उच्च अधिकारीको व्यक्तिगत जीवन र शारीरिक स्वास्थ्य स्थितिबारे विशेष निगरानी राख्दै आएको चीन सरकारले, समयमै स्पष्ट सूचना सार्वजनिक नगर्दा थरिथरिका भ्रम फैलिएका छन्।

भ्रष्टाचार विरोधी अभियान तिव्ररुपमा चलाई रहेको चीन सरकारले यो अभियानमा पार्टीकै शक्तिशाली नेतालाई गिरफ्तार गरिसकेको पृष्ठभूमिमा अहिलेका विदेशमन्त्री भने व्याक्तिगत जीवनसँग जोडिएको एउटा घटनाका कारण पार्टीको निगरानीमा परेको बताइन्छ।

टेलिभिजन प्रस्तोता जियोतियान नामकी एक युवतीसँगको प्रेम सम्बन्ध बाहिरिएपछि उनलाई पदबाट बर्खास्त गरिएको केही सञ्चार माध्यममा समाचार आइरहेका छन्। डेली मेलका अनुसार जुन २५ देखि चीनकै महंगी समाचार तथा कार्यक्रम प्रस्तोता जियोतियान पनि टेलिभिजनको पर्दामा देखिएकी छैनन्। उनले गाङ अमेरिकामा राजदूत नियुक्त भएपछि लिएको एउटा अन्तवार्ताले निकै चर्चा बटुलेको थियो। त्यसबेला बाटै उनीहरुका बीचमा प्रेम सम्बन्ध थियो।

टेलिभिजन प्रस्तोता जियोतियान नामकी एक युवतीसँगको प्रेम सम्बन्ध बाहिरिएपछि उनलाई पदबाट बर्खास्त गरिएको केही सञ्चार माध्यममा समाचार आइरहेका छन्।

अहिले दुबै बेपत्ता भएका छन्। डेली मेलका अनुसार ती युवती अहिले अमेरिका पुगिसकेकी छन्। तर विदेशमन्त्री कुन अवस्थामा छन् भन्ने विषय सार्वजनिक जानकारीमा छैन। गाङ् जस्तै अहिले विदेश मन्त्रीको रुपमा चर्चा चलाइएका झाओ सुन पनि चीनका राष्ट्रपतिको विश्वासिलो पात्र मानिन्छन्। आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स सम्मेलनमा गाङ्को सट्टा झाओ सुनले प्रतिनिधित्व गरेमा अनौठो हुने छैन, समाचारमा उल्लेख छ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : ४३ बजे

ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेन्ट संचालक पक्राउ

पोखरा– ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौँ

धनगढी– धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको

म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख  पुग्याे : राष्ट्रसङ्घ

याङ्गुन–  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले

सरकारले अब महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुने बेला आयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी

दाँत दुखेपछि वीर अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो