बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन « Khabarhub

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

इनरुवा– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० शय्या सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गु शय्या सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए ।

सय शय्या क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गु अस्पतालको रुपमा परिवर्तन गरेको उनको भनाइ छ ।

पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० शय्याको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत श्यया डेङ्गुका बिरामीले भरिएपछि छुट्टै डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेङ्गु सङ्क्रमित आउने गरेका छन् ।

उपकुलपति कार्कीले डेङ्गुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : ०५ बजे

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका चारवटा समितिको बैठक आज

प्रतिनिधिसभा बैठक बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल