आर्थिक क्रान्ति गरेर मुलुकको विकास गर्नुपर्छ « Khabarhub

आर्थिक क्रान्ति गरेर मुलुकको विकास गर्नुपर्छ



हामी सरकारमा बसेका मान्छेले पनि आफ्नो ठाउँमा बसेर राम्रो सरकार राम्रो राज्य चलोस् भनेर प्रयास गरिरहेका छौँ। तर नेपालको दुर्भाग्य नै रहेछ, कहिल्यै पनि स्थिर सरकार बन्न सकेन। २०१५ सालमा बिपी कोइरालाको दुई तिहाइको सरकार बनेको थियो। यो भन्दा अगाडि केपी शर्मा ओलीको सरकार बनेको थियो। तर हामीले सही रूपमा ती कुनै पनि सरकारलाई चलाउन सकेनौँ। या के भएर हो त्यसले मुलुकलाई अस्थिरता तिर लग्यो। जसले गर्दा हामीले चाहेको जस्तो सरकार भएन। अब यसलाई कसरी हामीले सुधार गर्ने भन्ने कुरामा लाग्नुपर्छ।

जताततै राजनीतिक हस्तक्षेप हुनु हुँदैन। देश बन्ने कुरा भनेको शिक्षा नै हो। तर हाम्रो त विश्वविद्यालय नै राजनीतिकरणले ध्वस्त छ। यो कुरा हामीले जहाँ पनि बोलेका छौँ। यो हस्तक्षेपको प्रवृत्ति अन्त्य हुनुपर्छ। आश्वासनले होइन व्यवहारमै यो विषय कार्यान्वयन हुनुपर्छ।

जताततै राजनीतिक हस्तक्षेप हुनु हुँदैन। देश बन्ने कुरा भनेको शिक्षा नै हो। तर हाम्रो त विश्वविद्यालय नै राजनीतिकरणले ध्वस्त छ।

देशमा के बोल्ने के नबोल्ने भन्ने कुरा कसैलाई थाहा नै छैन। हामी अरु त त्यस्तै हो। सेनाको विषयमासमेत हल्का टिप्पणी गर्छौ। मुलुकको सेना जस्तो कुरामा हल्का टिप्पणी गर्ने कुरा राम्रो होइन। मुलुकलाई लडाइँ हुँदा मात्र सेना चाहिने हो ? त्यो त अवश्य होइन। यस्ता कुराहरू संवेदनशील भएकाले सोचर मात्र बोल्नुपर्छ। अर्को, मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्छ। सरकार नै पिच्छे फरकफरक परराष्ट्र नीति हुनुहुँदैन। एउटै हुँदैन होला तर यो विषयलाई कसैले चलाउनु र गिजोल्नु हुँदैन।

देशमा के बोल्ने के नबोल्ने भन्ने कुरा कसैलााई थाहा नै छैन। हामी अरु त त्यस्तै हो। सेनाको विषयमासमेत हल्का टिप्पणी गर्छौ। मुलुकको सेना जस्तो कुरामा हल्का टिप्पणी गर्ने कुरा राम्रो होइन।

मुलुक भनेको कुनै पनि राजनीतिक पार्टीको मात्र होइन। जनताको हो, समाजको हो, राज्यको हो, नागरिक समाज र विज्ञको हो। सबै जना मिलेर प्रजातन्त्र ल्याएको हो। त्यसैले यो परिवर्तनलाई स्थायित्त्व गरेर मुलुकलाई राम्रो दिशामा अगाडि बढाउन सबै खालको दबाब चाहिन्छ। किनभने एउटै पार्टीको सरकार छैन। एउटाको निर्णयमा हामी अगाडि बढ्न पनि सक्ने अवस्था छैन।

मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्छ। सरकार नै पिच्छे फरकफरक परराष्ट्र नीति हुनुहुँदैन।

अहिले पनि हाम्रो गठबन्धनको सरकार छ। जहाँ एउटाले एउटा निर्णय गर्छ अर्कोले अर्को। त्यसैले एउटै निर्णय गरेर अगाडि बढेको प्रतिपक्ष झन् शक्तिशाली छ। प्रतिपक्ष उठ्यो भने हाउस चल्न दिँदैन। त्यसैले सबै पार्टीलाई यदि तिमीहरूले यो काम गरेनौँ भने हामी बाहिर बसिरहेका छौँ है भन्ने अवस्था बन्नुपर्छ। तिमीहरूलाई यसको निम्ति त्यहाँ पठाएको हो भनेर सबैले चुनौती दिएर ठिक ट्याकमा ल्याउनुपर्छ। यो विषयलाई विनम्रताका साथ सबै पार्टी नेतृत्वसम्म पुर्याउनुपर्छ भन्ने लाग्छ।

अब त आर्थिक क्रान्ति गरेर मुलुकलाई विकास गरेर अगाडि लानुपर्ने बेला भएको छ। देश विकासका लागि हुने आर्थिक क्रान्तिलाई सफल पार्न सबै क्षेत्रबाट सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ।

अहिले हाम्रो देशमा अलिकति सामाजिक सञ्जालले गर्दा पनि नकारात्मक सोच र प्रभाव बढेको छ। त्यसमा हामी सबै लागेर यो मुलुक बनाउनैपर्छ। नकारात्मक प्रभावको अन्त्य गर्नुपर्छ। जताहेर्यो त्यतै अप्ठ्यारो स्थिति देखिन्छ। त्यस कारण सबै क्षेत्रबाट बाहिर बसेर सरकारलाई राम्रो सुझाव दिनुपर्छ। सरकार सबैको हो। सकारात्मक सुझावले सरकारलाई बल पनि पुग्छ। मुलुक परिवर्तन हुन्छ र एउटा प्रणालीमा अगाडि बढ्छ।

अब त आर्थिक क्रान्ति गरेर मुलुकलाई विकास गरेर अगाडि लानुपर्ने बेला भएको छ। देश विकासका लागि हुने आर्थिक क्रान्तिलाई सफल पार्न सबै क्षेत्रबाट सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ।

(काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब, रेडियो क्यान्डिड र इस्टिच्युट फर सोसियो इकोनोमिक एण्ड स्ट्राटेजिक स्टडिज (आईएसएसआर)ले आयोजना गरेको ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद सरिता प्रसाईंले राखेको धारणाको सम्पादित अंश)

 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : ३५ बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको