आर्थिक क्रान्ति गरेर मुलुकको विकास गर्नुपर्छ « Khabarhub

आर्थिक क्रान्ति गरेर मुलुकको विकास गर्नुपर्छ



हामी सरकारमा बसेका मान्छेले पनि आफ्नो ठाउँमा बसेर राम्रो सरकार राम्रो राज्य चलोस् भनेर प्रयास गरिरहेका छौँ। तर नेपालको दुर्भाग्य नै रहेछ, कहिल्यै पनि स्थिर सरकार बन्न सकेन। २०१५ सालमा बिपी कोइरालाको दुई तिहाइको सरकार बनेको थियो। यो भन्दा अगाडि केपी शर्मा ओलीको सरकार बनेको थियो। तर हामीले सही रूपमा ती कुनै पनि सरकारलाई चलाउन सकेनौँ। या के भएर हो त्यसले मुलुकलाई अस्थिरता तिर लग्यो। जसले गर्दा हामीले चाहेको जस्तो सरकार भएन। अब यसलाई कसरी हामीले सुधार गर्ने भन्ने कुरामा लाग्नुपर्छ।

जताततै राजनीतिक हस्तक्षेप हुनु हुँदैन। देश बन्ने कुरा भनेको शिक्षा नै हो। तर हाम्रो त विश्वविद्यालय नै राजनीतिकरणले ध्वस्त छ। यो कुरा हामीले जहाँ पनि बोलेका छौँ। यो हस्तक्षेपको प्रवृत्ति अन्त्य हुनुपर्छ। आश्वासनले होइन व्यवहारमै यो विषय कार्यान्वयन हुनुपर्छ।

जताततै राजनीतिक हस्तक्षेप हुनु हुँदैन। देश बन्ने कुरा भनेको शिक्षा नै हो। तर हाम्रो त विश्वविद्यालय नै राजनीतिकरणले ध्वस्त छ।

देशमा के बोल्ने के नबोल्ने भन्ने कुरा कसैलाई थाहा नै छैन। हामी अरु त त्यस्तै हो। सेनाको विषयमासमेत हल्का टिप्पणी गर्छौ। मुलुकको सेना जस्तो कुरामा हल्का टिप्पणी गर्ने कुरा राम्रो होइन। मुलुकलाई लडाइँ हुँदा मात्र सेना चाहिने हो ? त्यो त अवश्य होइन। यस्ता कुराहरू संवेदनशील भएकाले सोचर मात्र बोल्नुपर्छ। अर्को, मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्छ। सरकार नै पिच्छे फरकफरक परराष्ट्र नीति हुनुहुँदैन। एउटै हुँदैन होला तर यो विषयलाई कसैले चलाउनु र गिजोल्नु हुँदैन।

देशमा के बोल्ने के नबोल्ने भन्ने कुरा कसैलााई थाहा नै छैन। हामी अरु त त्यस्तै हो। सेनाको विषयमासमेत हल्का टिप्पणी गर्छौ। मुलुकको सेना जस्तो कुरामा हल्का टिप्पणी गर्ने कुरा राम्रो होइन।

मुलुक भनेको कुनै पनि राजनीतिक पार्टीको मात्र होइन। जनताको हो, समाजको हो, राज्यको हो, नागरिक समाज र विज्ञको हो। सबै जना मिलेर प्रजातन्त्र ल्याएको हो। त्यसैले यो परिवर्तनलाई स्थायित्त्व गरेर मुलुकलाई राम्रो दिशामा अगाडि बढाउन सबै खालको दबाब चाहिन्छ। किनभने एउटै पार्टीको सरकार छैन। एउटाको निर्णयमा हामी अगाडि बढ्न पनि सक्ने अवस्था छैन।

मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्छ। सरकार नै पिच्छे फरकफरक परराष्ट्र नीति हुनुहुँदैन।

अहिले पनि हाम्रो गठबन्धनको सरकार छ। जहाँ एउटाले एउटा निर्णय गर्छ अर्कोले अर्को। त्यसैले एउटै निर्णय गरेर अगाडि बढेको प्रतिपक्ष झन् शक्तिशाली छ। प्रतिपक्ष उठ्यो भने हाउस चल्न दिँदैन। त्यसैले सबै पार्टीलाई यदि तिमीहरूले यो काम गरेनौँ भने हामी बाहिर बसिरहेका छौँ है भन्ने अवस्था बन्नुपर्छ। तिमीहरूलाई यसको निम्ति त्यहाँ पठाएको हो भनेर सबैले चुनौती दिएर ठिक ट्याकमा ल्याउनुपर्छ। यो विषयलाई विनम्रताका साथ सबै पार्टी नेतृत्वसम्म पुर्याउनुपर्छ भन्ने लाग्छ।

अब त आर्थिक क्रान्ति गरेर मुलुकलाई विकास गरेर अगाडि लानुपर्ने बेला भएको छ। देश विकासका लागि हुने आर्थिक क्रान्तिलाई सफल पार्न सबै क्षेत्रबाट सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ।

अहिले हाम्रो देशमा अलिकति सामाजिक सञ्जालले गर्दा पनि नकारात्मक सोच र प्रभाव बढेको छ। त्यसमा हामी सबै लागेर यो मुलुक बनाउनैपर्छ। नकारात्मक प्रभावको अन्त्य गर्नुपर्छ। जताहेर्यो त्यतै अप्ठ्यारो स्थिति देखिन्छ। त्यस कारण सबै क्षेत्रबाट बाहिर बसेर सरकारलाई राम्रो सुझाव दिनुपर्छ। सरकार सबैको हो। सकारात्मक सुझावले सरकारलाई बल पनि पुग्छ। मुलुक परिवर्तन हुन्छ र एउटा प्रणालीमा अगाडि बढ्छ।

अब त आर्थिक क्रान्ति गरेर मुलुकलाई विकास गरेर अगाडि लानुपर्ने बेला भएको छ। देश विकासका लागि हुने आर्थिक क्रान्तिलाई सफल पार्न सबै क्षेत्रबाट सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ।

(काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब, रेडियो क्यान्डिड र इस्टिच्युट फर सोसियो इकोनोमिक एण्ड स्ट्राटेजिक स्टडिज (आईएसएसआर)ले आयोजना गरेको ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद सरिता प्रसाईंले राखेको धारणाको सम्पादित अंश)

 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : ३५ बजे

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले