बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु « Khabarhub

बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटनामा मृतक अञ्जुकी सासु राइमती, देवर गोब्बर जागरी र सोही घरमा पाहुना आएकी छिमेकी जस्मा बोहरा घाइते भएका छन् । उनीहरूको दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै केही पशुचौपाया पनि मरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : २९ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी