बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु « Khabarhub

बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटनामा मृतक अञ्जुकी सासु राइमती, देवर गोब्बर जागरी र सोही घरमा पाहुना आएकी छिमेकी जस्मा बोहरा घाइते भएका छन् । उनीहरूको दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै केही पशुचौपाया पनि मरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : २९ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक