युक्रेनले ५० प्रतिशत भूभाग फिर्ता ल्याएको अमेरिकी विदेशमन्त्रीको दाबी  « Khabarhub

युक्रेनले ५० प्रतिशत भूभाग फिर्ता ल्याएको अमेरिकी विदेशमन्त्रीको दाबी 


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको बताइरहँदा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भूभाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनले आफूले गुमाएको ५० प्रतिशत भाग फिर्ता लिन सफल भएको दाबी गरेका हुन् । सीएनएनसँगको अन्तर्वार्तामा ब्लिन्केनले युक्रेनले निकै कठिन युद्ध लडेको पनि बताएका छन् ।

युक्रेनले रुसबाट आफ्नो भूभाग मुक्त गराउनका लागि गरेको प्रतिआक्रमण अझै प्रारम्भिक चरणमा छ । ब्लिन्केनले युक्रेनी आक्रमण एक वा दुई हप्तामा अन्त्य नहुने बताएका छन् । उनका अनुसार यो प्रतिआक्रमण धेरै महिनासम्म जारी रहनेछ। 

यसैबीच, योसँगै युक्रेनले अर्को वर्ष नेटोको सदस्यता पाउने आशा गरेको छ । युक्रेनका विदेशमन्त्री ओलेस्की रेज्निकोभले आउँदो वर्ष हुने नेटो शिखर सम्मेलनमा यो संगठनको सदस्य बन्न सक्ने बताएका छन् । 

अर्को वर्ष वासिङ्टनमा हुने शिखर सम्मेलन हुँदैछ । सङ्गठनले ७५ वर्ष पूरा गरेको उपलक्ष्यमा हुने सो सम्मेलन विशेष मानिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : ४९ बजे

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

निर्वाचन आउन ८५ दिन बाँकी: केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको