युक्रेनले ५० प्रतिशत भूभाग फिर्ता ल्याएको अमेरिकी विदेशमन्त्रीको दाबी  « Khabarhub

युक्रेनले ५० प्रतिशत भूभाग फिर्ता ल्याएको अमेरिकी विदेशमन्त्रीको दाबी 


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको बताइरहँदा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भूभाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनले आफूले गुमाएको ५० प्रतिशत भाग फिर्ता लिन सफल भएको दाबी गरेका हुन् । सीएनएनसँगको अन्तर्वार्तामा ब्लिन्केनले युक्रेनले निकै कठिन युद्ध लडेको पनि बताएका छन् ।

युक्रेनले रुसबाट आफ्नो भूभाग मुक्त गराउनका लागि गरेको प्रतिआक्रमण अझै प्रारम्भिक चरणमा छ । ब्लिन्केनले युक्रेनी आक्रमण एक वा दुई हप्तामा अन्त्य नहुने बताएका छन् । उनका अनुसार यो प्रतिआक्रमण धेरै महिनासम्म जारी रहनेछ। 

यसैबीच, योसँगै युक्रेनले अर्को वर्ष नेटोको सदस्यता पाउने आशा गरेको छ । युक्रेनका विदेशमन्त्री ओलेस्की रेज्निकोभले आउँदो वर्ष हुने नेटो शिखर सम्मेलनमा यो संगठनको सदस्य बन्न सक्ने बताएका छन् । 

अर्को वर्ष वासिङ्टनमा हुने शिखर सम्मेलन हुँदैछ । सङ्गठनले ७५ वर्ष पूरा गरेको उपलक्ष्यमा हुने सो सम्मेलन विशेष मानिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : ४९ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ