सामाखुसीमा बेपत्ता बालकको खोजी जारी « Khabarhub

सामाखुसीमा बेपत्ता बालकको खोजी जारी


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सामाखुसीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । 

काठमाडौँ महानगरपालिका–३ रानीबारीस्थित सामाखुसी खोलाको बाढीले बगाउँदा आइतबार साँझ  १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिएका छन् ।

सामाखुसीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए ।

 मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १२ : ३३ बजे

एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

निर्वाचन आउन ८५ दिन बाँकी: केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय