घोराही-तुलसीपुर चारलेन सडक मर्मत सुरु | Khabarhub Khabarhub

घोराही-तुलसीपुर चारलेन सडक मर्मत सुरु


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन् । 

‘पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ’, उनले भने, ‘अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ ।’ हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरु गरिने  हुने प्रमुख अधिकारीको भनाइ थियो । घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एउटा निर्माण कम्पनीले र  तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएको छ । 

घोराही क्षेत्रमा रु एक करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रमा एक करोड १६ लाख ९६ हजार लागतमा ठेक्का लगाइएको हो । घोराही-तुलसीपुर चार लेन सडक मर्मतका लागि रु तीन करोड बजेट विनियोजन  गरिएको थियो । चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो । 

यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण सुरु गरिएकामा पाँच वर्षसम्म पनि निर्माणले पूर्णता पाउनाको साटो सडक भातुभुङ्ग हुँदा दुर्घटना बढेको थियो । सडकको बीच बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले विरोध गरेकाले सरकार ठेक्का तोड्न बाध्य भएको हो । 

ठेक्का तोडिएसँगै रु तीन करोडको लागतमा सडक मर्मत गर्ने कार्य गरिने  प्रमुख अधिकारीले बताए । ‘चारलेन सडक निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो’,उनले भने । असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ । वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उनले बताएका छन् । सडक मर्मत सुरु भएपछि यात्रु भने खुसी भएका छन् ।’सडकमा खाल्डाखुल्डीले वर्षाको समयमा झनै समस्या बनाएको छ’, तुलसीपुर– ५ निवासी मोटरसाइकल चालक विजय नेपालले भने,’पहिलेकै सडक मर्मत भए धेरै सहज हुन्थ्यो ।’ 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १२ : ३८ बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको